टम्बो ब्रान्डका मोबाइल नेपालमा



काठमाडौं, (नेस)
नेपाली बजारमा टम्बो ब्रान्डको नयाँ मोबाइल प्रवेश गरेको छ । सो ब्रान्डका ६ वटा बारफोन र दुई वटा स्मार्टफोनका मोडल सोमबार सार्वजनिक गरियो ।

भारतीय मोबाइल ब्रान्ड टम्बो मोबाइलले नेपाली बजारलाई लक्षित गर्दै नयाँ फोन सार्वजनिक गरेको हो । यो ब्रान्डका सबै मोडलका फोनमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३ सय ६५ दिनको स्क्रिन रिप्लेसमेन्ट तोकिएको छ ।

‘यस्तो अफर अन्य कुनै पनि ब्रान्डमा उपलब्ध छैन, हामीले ग्राहकको रुची अनुसारका फोन ल्याएका छौं,’ टम्बो ब्रान्डका फोन सार्वजनिक गर्दै सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधीर कुमारले भन्नुभयो ।

टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । टम्बो ब्रान्डका फिचर फोन १ हजार रुपियाँमाथिका हुने र केही दिनभित्रमा सबै मोडलको बिक्री मँल्य सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्