भारत: माओवादी मारिए



नयाँदिल्ली,(एजेन्सी)
भारतको छत्तीसगढ राज्यको सुक्मा नजिक सोमबार सुरक्षाकर्मिहरुसंगको भिडन्तकोक्रममा चौंध जना माओवादी लडाकु मारिएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् ।

सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाले गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त शुरु भएको जानकारी दिएका छन् । प्रहरीले घटनास्थल वरपर थप लडाकू रहेको आशंकामा खोजि कार्य तीव्र पारेको छ । माओवादी विरोधी अभियानका महानिर्देशक डिएम अवस्थीले विगत दुई वर्षभित्र भएका ५ सयभन्दा बढी झडपमा २सय ८ जना माओवादी मारिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्