एनआईसी एसिया बैंकको नयाँ शाखा गजुरी र गल्छीमा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकको दुई नयाँ शाखा धादिङको गजुरी र गल्छीमा खुलेको छ ।
बैंकले मुलुकभर २३४ शाखा, २२४ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १६ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १७४ अर्बभन्दा बढी पुगेको छ । कुल निक्षेप करिब १४९ अर्ब तथा कर्जा १२० अर्ब रहेको छ । बैंकमा ग्राहक संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्