क्रुस जर्मन वर्ष खेलाडी



लन्डन, (एजेन्सी)
जर्मनी राष्ट्रिय फुटबल टिमका मिडफिल्डर टोनी क्रुस जर्मन वर्ष खेलाडी घोषित भएका छन् ।
फुटबल म्यगाजिन किकरले प्रदान गर्ने उक्त अवार्डका लागि स्पेनिस क्लब रियल मेड्रिडबाट व्यवसायिक फुटबल खेल्ने क्रुसले सर्वाधिक १ सय २५ मत पाएका थिए । जर्मनीका खेलपत्रकारले गरेको मतको आधारमा उनी विजेता छनोट गरिएको हो।

पहिलो पटक जर्मन वर्ष खेलाडी हुनेक्रममा उनले ३९ मत पाएर दोस्रो भएका फेइवर्गका निल पिटरसन तथा ३८ मत पाएर तेस्रो भएका एफसी साल्केका नाल्डोलाई पछाडि पारेका थिए । वर्ष खेलाडी बनेपछि क्रुसले आफु एकदमै सम्मानित भएको बताए ।

यस्तै जर्मनीकी कप्तान डिजेनिफर मारोजान १ सय ५ मत प्राप्त गर्दै महिलातर्फ वर्ष खेलाडी घोषित भइन् । यस्तै वायर्न म्युनिखका प्रशिक्षक युप हेन्केन्स वर्ष प्रशिक्षक घोषित भए । नउले ९१ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्