जडीबुटीको क्षेत्रमा सरकार किन उदासीन ?



नेपालमा विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । देशका विभिन्न भागमा फल्ने जडीबुटीको आ–आफ्नो महत्व छ । तर जडीबुटीको बजार प्रवद्र्धनमा सरकार गम्भीर बन्न सकिरहेको छैन । यति मात्र नभएर जडीबुटीकोे संरक्षणमा पनि सम्बन्धित निकाय उदासीन छ । नेपालमा फल्ने जडीबुटीहरु बाहिर देशमा लगेर प्रशोधन गर्नुपर्ने बाध्यता छ ।

जडीबुटीको महत्व बुझ्न नसक्दा बाहिरी देशहरुले यसको लाभ लिइरहेको अवस्था छ । नेपालमा पाउने यार्सागुम्बा, वन लसुनजस्ता जडीबुटीको अन्तर्राष्ट्रिय बजारमा माग छ । तर जडीबुटी संरक्षणमा सरकारले खासै महत्वपूर्ण नीति अपनाएको देखिँदैन । देशमा पाइने जडीबुटीहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउन सके देशले त्यसको धेरै लाभ लिन सक्छ । तर विडम्बना ! नेपाल जडीबुटीको देश भएर पनि त्यसको उपयोगमा पछि परिरहेको छ ।

जडीबुटी बहुउपयोगी भएकाले पनि सरकारले जडीबुटी प्रशोधन केन्द्र खोल्न आवश्यक छ । भएका प्रशोधन केन्द्रहरु पनि जीर्ण अवस्थामा रहेकाले सर्वप्रथम त सम्बन्धित निकायले त्यसको मर्मत र सञ्चालनमा ध्यान पु¥याउनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक स्रोतको औषधि उपयोग गर्नेको संख्या बढिरहेकाले पनि सम्बन्धित निकायहरुले जडीबुटीको प्रवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । सबै स्थानीय सरकार र केन्द्र सरकारको ध्यान यतातिर जान जरुरी छ ।
– सागर सुवेदी, उदयपुर ।

प्रतिक्रिया दिनुहोस्