अज्ञात समूहद्धारा वडा कार्यालय तोडफोड



गोविन्द भण्डारी, अछाम ।
पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीको वडा कार्यालय आज दिउसो अज्ञात समूहले तोडफोड गरेको छ । पञ्चदेवल विनायक नगरपालिकाको नेतृत्वमा परीचय पत्र वितरण टोली वडा कार्यालयमा पुगेर काम गरीरहेको अवस्थामा अज्ञात समूहले तोडफोड गरेको हो ।

तोडफोड संगै वडा नम्बर ६को वडा कार्यालयको राजस्व संकलन भएको करीब ४५ हजार ५ सय रुपैंया र बिद्युत महसुल करीब १९हजार ५ सय रुपैंया समेत लुटीएको छ । परिचय पत्र वितरण गरे लगत्तै नाराजुलुस सहित आएको एक समूहले कार्यालयमा भएका टेबुल,दराज, कुर्सी तोडफोड गर्नुको साथै कार्यालयमा भएका कागजात समेत नष्ट गरेको कार्यालय सहायक चक्रबहादुर रावलले जानकारी दिनुभयो ।

साथै उनिहरुले वडा कार्यालयमा रहेका कर्मचारीलाई समेत कुटपीट गरेको बताईएको छ । परिचय पत्र वितरणमा असहज स्थित सृजना भएकाले नगरपालिकाले तत्कालकालागी परिचय पत्र वितरण कार्यक्रम स्थगित गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अष्टराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्