हिउद भरि बाटो खनियो, वर्षातसँगै पहिरोको समस्या



कविराज नेपाल, पाल्पा ।
 पूर्वी पाल्पाको माथागढी गाउपालिका अन्र्तगत पर्ने झडेवा–रहवास –दुम्कीवास मोटरवाटोको पुरनपानी भन्ने ठाउमा अलिकति मात्रै पानी पर्नासाथ माथिबाट पहिरो खसिहाल्छ, यो बाटो पाल्पा र छिमेकी जिल्लाहरुका लागि सिद्धवावा झै टाउको दुखाइको विषय वन्दै गएको छ । गाउ पालिकाका अध्यक्ष सन्तोष थापा भन्छन–‘ यो वर्ष मात्रै चारपटक सम्म पहिरोले दुख दियो, वल्लतल्ल चारपटकको प्रयासमा वाटो सफा गरेर यातायात सुचारु गरिएको छ । ’
 रैनादेवी छहराको अधिकांश वडादेखी गाउँपालिकाको केन्द्र जाने ग्रामीण सडक बन्द हुँदा केही दिन यतादेखि सेवा प्रवाहमै समस्या भएको छ ।
 जिल्ला सदरमुकाम तानसेनका विभिन्न वडाहरु गुफाचोैर, रानीघाट जोडने सडक, चिलाङ्गदी राम्दी सडकमा पनि समस्या छन ।
 पूर्वी पाल्पा मध्य र पश्चिम पाल्पा प्रायः सवै गाउपालिकाहरुका कहि न कहि केहीदिन यता परेको अविरल वर्षाले समस्या निम्त्याइ रहेका छन ।

मानिस र मालसामान ढुवानीकालागि गाउँ–गाउँमा सडक पु¥याउने होडसँगै विभिन्न स्थानमा अबैज्ञानिक तवरबाट ग्रामिण सडक निर्माण हुन थालेपछि वन विनाश, भू–क्षय र सवारी दुर्घटनामा समेत वृद्धि भएको छ । यसले पहिरोजाने समस्या त निम्त्याएकेै छ, अन्य वातावरणीय प्रभावहरु पनि देखापर्न थालेका छन ।
गत आर्थिक वर्ष र यो वर्ष पाल्पा जिल्लामा रहेका आठ वटा गाउ पालिका र दुइ नगरपालिकाका प्रमुख योजनाका रुपमा सडक निर्माण प्राथमिकतामा प¥यो ।तानसेन नगरपालिकाले त सडक निर्माण वर्षकै रुपमा गएको आर्थिक वर्षलाई लियो र यस अवधिमा नगरपालिकाले ६५ किलोमिटर सडकको स्तरोन्नति, ३ किमि कालोपत्रे, १ किमि ग्राभेल र ६१ किमि ट्रयाक खोलेको छ । तर अधिकांश स्थानीय तहले कति सडक खन्ने, स्तरोन्नति गर्ने वा कालेपत्रे गर्ने भन्ने योजना बिना नै अगाडी बढेका छन् ।
‘सडक नै विकासको मूख्य आधार भएकाले सडक निर्माणलाइ जोड दियौँ’–नगर प्रमुख अशोककुमार शाही भन्छन–‘पहिलो काम सडक सञ्जालले गाउ वस्ती जोडनु हो पहिलो दोस्रो वर्ष अलिअलि पहिरो त गै हाल्छ पछि ठीक हुदै जान्छ । ’
ग्रामिण सडक निर्माण गर्दा सडक किनारामा नाली, कलभर्ट निर्माण नगरिनु, प्राविधिकको नाप जाँचबिना स्थानीय बासिन्दाको सिफरिस र डोजर अपरेटरको अनुमानको आधारमा सडक निर्माण गरिनु भूक्षयको प्रमुख कारण भएको प्राविधीकहरुको भनाइ छ ।
प्राविधिकहरुको ईष्टिमेटबना निर्माण गरिएका ग्रामिण सडक मापदण्ड पूरा गरेका र सन्तुलित हुँदैनन, त्यसमाथी क्षमताभन्दा बढी यात्रु र सामान ढुवानी गर्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् । सवारी साधनलाई पर्याप्त मोड्ने ठाउँ नहुँदा दुर्घटना हुन सक्ने प्रहरीको भनाइ छ ।
ग्रामिण सडक निर्माण गर्न अहिले नीजि लगानीका डोजरहरु व्यापक रुपमा प्रयोगमा आएका छन् । उनीहरुले वातावरणीय सन्तुलन कायम नगरी जथाभावी सडक निर्माण गरेको स्थानीय वासिन्दाहरुको गुनासो छ । गाउलेलाइ पायक पर्नै गरी र ठेकेदारको स्वार्थ अनुकुल निर्माण गरिने सडक दीर्घकालिन हुन नसक्ने प्राविधिकहरु बताउँछन् ।

यसै भएर जिल्लामा रहेको निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका,रम्भा गाउँपालिकामा वनेका ग्रामीण सडकहरुमा अहिले समस्या देखिएका छन । खनिएका सडकहरुको अधिकांश भागमा पहिरो खसेको छ । तिनाउँ गाउँपालिका–२ मा ३० लाख खर्चर गरेर ५ किलोमिटर सडक ग्राबेल बाटो बनाईएको छ तर अहिलेसम्म नियमित गाडी गुड्न सकेको छैन ।
गाउपालिकाका व्यक्तिहरु जनप्रतिनिधीहरुकै दवावमा ‘हिउँदभरि बाटाहरु खन्ने अझ वर्षात सुरु हुनै लाग्दा खन्ने प्रवृत्तिले सडक टिकाउ हुन नसकेको गुनासो गर्दछन रैनादेवी छहराका वासिन्दा शिववहादुर कार्कीले ‘जनप्रतिनिधिले बाटो निर्माणमै ध्यानदिने र जता मनलाग्यो उतै खन्ने गरेका कारण बाढी र पहिरोको जोखिम वढाएको वताउछन । डोजर र स्क्याभेटर लगाएर सडक बनाउँदा , कहिल्ल्ौ पहिरोको जोखिममा नपुग्ने जस्ता वस्तीहरु पहिरोका चपेटामा पर्नसक्ने खतरा वढेको गाउवस्ती पानीका स्रोतसमेत सुक्दै गएको र कतिपय गाउँमा खानेपानीको समस्या विकराल हुने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्