पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन



काठमाडौँ ।
आगामी भदौ १५ गते मनाइने पुस्तकालय दिवसका लागि ‘११औँ पुस्तकालय दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरिएको उक्त मन्त्रालयका पुस्तकालय शाखाप्रमुख यादवचन्द निरौलाले बताउनुभयो ।

समितिले यस वर्षको आर्दश वाक्य ‘समृद्ध पुस्तकालय सुदृढ समाज’ चयन गरेको पनि उहाँले जानकारी दिनुभयो । भदौ ८ देखि १५ गतेसम्म सप्ताहव्यापी मनाइने उक्त दिवस सफल पार्न सात उपसमितिसमेत गठन गरिएको छ ।

सरकारले विसं २०६५ देखि पठन संस्कृतिको विकास र पुस्तकालय प्रवद्र्धर्नका लागि हरेक वर्ष पुस्तकालय दिवस मनाउँदै आइरहेको छ ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले विसं १९६९ भदौ १५ गते ‘चिताइ तहबिल पुस्तकालय’ स्थापना गर्नका लागि लालमोहर लगाएको सम्झनामा पुस्तकालय दिवस विसं २०६५ देखि मन्त्रालयले उक्त दिवस मनाउँदै आइरहेको हो । हाल नेपालमा एक हजारभन्दा बढी सामुदायिक तथा सार्वजनिक पुस्तकालय छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्