प्रारम्भिक बालविकासको लागि अभिभावक शिक्षा



कालीवहादुर मल्ल, कालिकोट ।

प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि अभिभावक शिक्षा सम्बन्धि पहिलो चरणको पुर्नताजगी तालिम आइतवार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट विकासको थालनी” भन्ने मुल नारका साथ तालिमको आयोजना गरिएको हो ।

पहिलो चरणको तालिममा जिल्लाका रास्कोट र पचालझरना गाउपालिका स्थानीय तहमा रहेका बालविकास केन्द्रका सहजकर्ताहरुलाई अभिभावक शिक्षा तालिम प्रदान गरिएको सेतो गुराँस राष्ट्रिय वालविकास केन्द्र ललितपुरकी तालिम अधिकृत शसि विसीले वातएकी छन् ।

युनिसेफको सहयोग तथा सेतो गुराँस वालबिकास सेवाको आयोजनामा सञ्चलित तालिम एक चरणमा २७ जना गरी पाँच चरणमा सातवटा स्थानीय तहका १ सय ३४ सहजकर्तालाई तालिम प्रदन गरिने सेतो गुराँस बालविकास सेवा कालिकोटकी अनुगमनकर्ता मिश्राकुमारी शाहीले जानकारी गराएकी छन ।

उनका अनुसार गाँउमा गएर अभिभावक शिक्षा तालिम सञ्चालन गरिने अभिभावक शिक्षा सञ्चालन तथा सत्र सहजिकरणका राम्रा अभ्यास तथा सुधार गर्ने पक्ष विश्लेषण गराउने, प्रारम्भिक वाल्य अवस्थाका वालवालिकाको सर्वाङ्गीण विकासका लागि अभिभाभव तथा स्याहारकर्ताहरुमा जनचेतना जागरण गर्ने, शिशु, बालविकास केन्द्र र पुर्व प्राथमिक कक्षामा वालवालिकालाई नियमित सहभागी गराउन प्रेरित गर्ने तालिमको उद्देश्य रहेको छ ।

यस जिल्लाका खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपालिका ,पचालझरना, महावोइ, शुभकालिका र सान्नित्रिवेणी गाउपालिकामा रहेको प्ररारम्भिक बालविकास केन्द्रका स्थानीय सहजकर्ताहरुलाई तालिम प्रदान गरिन छ ।

अभिभावक शिक्षा सञ्चालन गरेका पूर्व क्रियाकलापको आदान–प्रदान,प्रारम्भिक बाल्यअस्थाको परिचय,बालविकासमा प्रभाव पार्ने तत्व,बालविकासको राष्ट्रिय न्यूनतम मापदण्ड र पाठ्यक्रम लगाएतका विषयमा छलफल गरिएको थियो ।

पहिलो चरणको तालिम समापन कार्याक्रमका प्रमुख अतिथि तारा न्यौपानेले प्रारम्भिक वालबिकास बालवालिकाहरुको नैसर्गिक अधिकार भएकाले एसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्