तस्करीको मुख्य गोरेटोः वीरगन्जको इनर्वादेखि हेटौंडाको रातोमाटेसम्म



कृष्ण उदास खनाल, वीरगन्ज ।
आइतबार बिहान करिब ११ बजेको थियो होला,हेटौंडा वीरगन्ज चल्ने यात्रु बसमा म पनि थिए । गाडी आफ्नै सुरमा हिडिँरहेको थियो । करिब तीन नम्बर पुल पुग्नै लागेपछि गाडीका कण्डक्टर भने यात्रुहरुसंग पैसा उठाउन तल्लिन थिए । उनी पैसा उठाउँदै बसको अन्तिम सिटमा आइपुगे । सिटको दाहिनेतिर करिब ५० बर्ष उमेरका दुईजना महिला थिए । ती मध्ये एउटी अली बढी नै उमेकी थिइन् होला । कण्डक्टर पैसा उठाउनका लागि त्यहाँ आउने बित्तिकै उसले एकैचोटी तपाइँहरु फर्कनुस् आज तपाईहरुको काम हुन्न भने ।

ती महिलाहरु आत्तिएको जस्तो गरे अनि महिलाहरुले भने पैसा त हामीले तिमीलाई वीरगन्जसम्मकै दियौं त भनेपछि फेरि कण्डक्टरले तपाइहरु फर्कने हो भने त म पैसा फिर्ता दिइहाल्छु नि । ती दुईटी मध्येकी अहिले पाको उमेरकी महिलाले आइहालियो पथलैयासम्म जाउँ भन्दै थिइन् भने अर्कीले होइन अब रक्सौल नै जाने थोरै नै भएपनि सामान लिएर आउने ।

प्रहरीका हाकिम भन्छन्- हामी बेखबर छौँ

उनीहरुबीचको यो कुराकानीलाई मैले निकै चाख पूर्वक हेरेको थिए । बसको कण्डक्टरले महिलाहरुलाइ चिन्नु अनि तपाइहरु फर्कनु भन्नुले मेरो मनमा धेरै प्रश्न उब्जियो । हातमा भएको सानो मोवाइलमा भ्वाइस अन गरे अनि यात्रु बनेर ती महिलाहरुसंग कुरा गर्न थालें ।

कुरा के रहेछ भने उनीहरु नियमित भारतको रक्सौलमा गएर कपडा खरिद गरेर नेपालको पनि हेटौंडामा ल्याएर बिक्री गर्ने गर्दारहिछन् । नियमित कपडा रक्सौलबाट ल्याउने हुनाले गाडीवलाले उनीहरुलाई सजिलै चिन्दो रहिछन् अनि वीरगन्जदेनि मकवानपुरको हेटौंडा राजमार्ग क्षेत्रमा पर्ने सबै प्रहरी चौकीलाई उनीहरुले मासिक रकम दिएका हुनेरछिन् । आइतबार उनीका लागि किन कण्डक्टरले फर्कन भरेका रहिछन् भने गण्डकमा नयाँ प्रहरीको टोली आएको रहिछ । नयाँ प्रहरीले उनीहरुलाई नचिन्ने भएकाले उनीहरुको कपडा खोसिने डरले रक्सौल नजान भनेका थिए ।

महिलाहरुले मलाई निर्धक्कसंग पुराना प्रहरीले केही नगर्ने तर नयाँले दुःख दिने गरेको बताए । उनीहरु भन्दै थिए प्रहरीप्रति रोष ब्यक्त गर्दै महिनावारी पैसा दिएर पनि कहिलेकाँही चैं दुःख दिन्छन् । उनीहरुको भनाइलाई अधार बनाउने हो भने रक्सौल नाकाबाट नै उनीहरुले मासिक रुपमा प्रहरी चौकीका इचार्जहरुलाई रकम दिने गर्दछन् ।

महिना मरेपछि एक ब्यक्ति बढीमा तीन हजार एउटा प्रहरी चौकीलाई उनीहरु रकम बुझाउने गर्दछन् ।

त्यो भनेको रक्सौल बाहेक वीरगन्जको इनर्वा,बसपार्क,गण्डक तथा बाराको जीतपुर,पथलैया,अमलेखगन्ज अनि मकवानपुरका रातोमाटेका प्रहरीहरुलाई उनीहरुले नियमित कपडा तस्करी गरे बापत रकम बुझाउछन् । यसरी कपडाको तस्करी गर्ने यस्ता महिलाहरुको संख्या झण्डै दुई हजारकै हाराहारीमा रहेको ती महिलाहरुले बताए ।

कपडा सेटिंग मिलाएर दिनमा नै तस्करी हुने गरेपनि मल तथा धेरै मुल्यका कपडा भने रातको समयमा पार हुने गरेको ती महिलाहरुले यात्राकै क्रममा मलाई बताए । उनीहरुले भन्दै थिए आफूहरुसंग असुल्ने गरिएको रकम ठूला प्रहरीका हामिकहरुसम्म पुग्छ । यात्राका क्रममा कुरा हुँदै गर्दा उनीहरु पथलैया पनि ओर्लिएनन् अन्ततः रक्सौल गरेर थोरै सामान ल्याउने प्रहरीले खोस्न खोजे हाताहाती रकम दिएर मिलाएर ल्याउने सल्लाह गर्दै उनीहरुले रक्सौल हिँडे ।

यसो भन्छन् प्रहरीका हाकिम

राजमार्ग क्षेत्रमा कपडाको प्रहरीमै मिलेमतोमा तस्करी भइरहेको कुराप्रति अनबिज्ञता देखाउछन् । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले यस बिषयमा आफूलाई थाहा नभएको र जानकारी लिने बताए भने बाराका प्रहरी उपरीक्षक मीरा चौधरीले तस्करी रोक्न कुनै कसर बाँकी नराख्ने बताउछिन् ।

मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुंगले एक दुईवटा कपडा ल्याउदा रोक नलगाइएको र प्रहरी चौकीहरुको इचार्ज पनि फेरिएको र आफूले यस बिषयमा थप जानकारी लिने बताए ।

प्रतिक्रिया दिनुहोस्