इण्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प, ८२ जनाको मृत्यु



काठमाडाैँ । इण्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म ८२ जनाको मृत्यु भएको छ । भूकम्पमा परी सय जना भन्दा बढी घाइते भएका छन् । भूकम्पले हजारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती पनि बन्द भएको त्यहाँको प्रहरीले जनाएको छ ।

धेरै भवन तथा घरहरु भत्किएका छन् । बीबीसीले  इण्डोनेसियाका लोमबोक टापुमा भूकम्प गएको जनाएको छ । यस अघि गएको १३ गते पनि यहि क्षेत्रमा भूकम्प जाँदा १६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्