डोपिङ कन्ट्रोल अफिसर डा.प्रधानको बिदाई



नेपाल समाचारपत्र
आसन्न १८ औं एशियाली खेलकुद ‘एशियाड’ का लागि नेपालका डोपिङ कन्ट्रोल अफिसर डा. नबेशमान सिंह प्रधानलाई बिदाई गरिएको छ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा अध्यक्ष जिवनराम श्रेष्ठले डा. प्रधानलाई बिदाई गरेका हुन । एशियाडमा डा. प्रधानले पहिलो पटक डोपिङ कन्ट्रोल अफिसरको प्रतिनिधित्व गर्दै इन्डोनेशिया प्रस्थान गर्न लागेका हुन् । उनी एशियाड मुल आयोजक समितिको अनुरोधमा त्यसतर्फ जान लागेका हुन ।

उनले सन् २०१३ मा श्रीलंकामा विश्व एन्टी डोपिङ एजेन्सी ‘वाडा’ बाट डोपिङ सम्बन्धि प्रशिक्षण लिएका थिए । डा. प्रधानले सन् २०१३ मा नै भएको नान्जीङग युथ एशियन खेलकुदमा पनि डोपिङ कन्ट्रोल अफिसरको रुपमा काम गरेका थिए ।

बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यो हाम्रो नेपाली खेलकुद र राष्ट्रका लागि गौरबको विषय भएको र भविष्यमा धेरै डाक्टरहरुलाई डोपिङ कन्ट्रोल अफिसरका रुपमा अरु ठुला प्रतियोगितामा बोलाइने बताए ।

प्रतिक्रिया दिनुहोस्