महिला फुटबलको छनोट तालिका सार्वजनिक



काठमाण्डौ, (नेस)
सन् २०२० मा जापानमा हुने ‘ओलम्पिक गेम्स’ अन्तर्गत महिला फुटबलको छनोट तालिका सार्वजनिक भएको छ ।

ओलम्पिक गेम्स आयोजक समितीले पहिलोपटक एशियाली टोलीको छनोट तालिका सार्वजनिक गरेको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालसँगै भारत, बंगलादेश र म्यानमार रहेका छन् ।

आउदो नोभेम्बर ८ मा नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्धन्दी भारतको सामना गर्नेछ । त्यस्तै, ११ तारिखमा म्यानमारको तथा १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

एशियाको पहिलो छनोट खेलमा नेपालसहित १८ देश सहभागि हुँदैछन् । १९ राष्ट्रलाई विभिन्न ४ समुहमा विभाजन गरिएको छ । हरेक समुहको विजेता र उपविजेता गरि ८ र उत्कृष्ट २ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

यसअघि नै भियतनाम र उज्वेकिस्तान भने सिधै दोस्रो चरणमा पुगिसकेका छन् । ‘ओलम्पिक गेम्स’को महिला फुटबलमा विश्वभरबाट छनोट भएका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्