पिएसजीलाई फ्रेन्च सुपर कप उपाधि



लन्डन, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा पिएसजीले मोनाकोलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको ३३ औं मिनेटमा पिएसजीका लागि अर्जेन्टिनी स्टार खेलाडी एन्जल डि मारियाले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, ४० औं मिनेटमा क्रिस्टोफेर कुङकुले गोल गर्दै क्लबको अग्रता दोब्बर पारेका थिए ।

एकपक्षीय रहेको खेलको पहिलो हाफसम्म २–० गोल अन्तरले अगाडी रहेको पिएसजीका लागि खेलको ६७ औं मिनेटमा टिमोथी वाले तेस्रो गोल गरे । यस्तै खेलको इन्जुरी समयमा पिएसजीका डि मारियाले व्यक्तिगत दोस्रो तथा क्लबका लागि अन्तिम गोल गरे ।

मोनाकोले खेलअवधिभर केहि गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । यता, चोटका कारण गत फेब्रुअरीदेखि पिएसजीका लागि नखेलेका नेयमार दोस्रो हाफमा भने मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्