चर विद्यालय क्वाटरफाईनलमा



काठमाडौं, (नेस)
प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिता सामाखुसी बोडिङ स्कुल (सेब) राजन मेमोरियल, लालिगुरास र प्रगती स्कुल क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।

आईतवार भएको समूह बी को लिग खेलबाट अपराजित रहदै सेबले ३ खेलबाट ९ अंक बनाएको छ । एक खेल खेल्न बाँकी सेबले समूह बिजोताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएको हो । त्यस्तै समूह बीबाटै राजन मेमोरियल ३ जित र एक हार सहित ९ अंकका साथ उपबिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएको छ । समूह ए बाट लालिगुरासले ४ खेल र प्रगती स्कुलले ३ खेलबाट समान ७ अंक बनाउदै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका छन् ।

पहिलो खेलमा सेबले न्युटनलाई ५–१ गोल अन्तरले हराउदा उमेश बिक र सुबाष तिमल्सिनाले समान दुई–दुई गोलको योगदान दिएका थिए । दोस्रो खेलमा सेबले मन्जरी स्कुललाई ४–१ गोल अन्तरले हराउदा उमेश बिकले ह्याट्रिक पुरा गरेका थिए । तेस्रो खेलमा सेबले राजन मेमोरियललाई ३–२ गोल अन्तरले हराउदा उमेश बिकले नै २ गोलको योगदान दिएका थिए ।

राजन मेमोरियलले मन्जरीलाई ६–१ गोल अन्तरले हराउदा रुजल गुरुङले २ गोल गरेका थिए । न्युटनलाई ५–० गोलले हराउदा प्रसान्त खड्काले २ गोलको योगदान गरेका थिए । त्यस्तै राजन मेमोरियलले ध्रुबतारालाई ६–० गोलले हराउदा रुजल, प्रसान्त र बिक्रन सिंहले समान दुई–दुई गोलको योगदान दिएका थिए ।

एन्जल हार्ट स्कुलको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा समूह ए को लिग खेलमा लाली गुरासले ४ खेलबाट २ जित, १ बराबरी र १ हारका साथ ७ अंक जोड्दै क्वाटर फाईनलमा स्थान बनाएको छ । प्रगती स्कुलले ३ खेलबाट २ जित र १ बराबरी खेल्दै ७ अंकका साथ क्वाटर फाईनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्