सिप्रदीको सुमो गोल्ड आफ्नो गाडी आफैं सवारी अभियान शुरू



काठमाडौं, (नेस)
सिप्रदीले युवालाई लक्षित गर्दै ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यावसायिक अभियान शुरू गरेको छ । अभियानअन्तर्गत लक्षित समँहलाई जागरुक गराउने काम पत्रकार रवि लामिछानेले गर्ने भएका छन् ।

यस अभियानअन्र्तगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निःशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र एक वर्षको इन्स्योरेन्सको सुविधा प्राप्त गर्ने छन् । यस्तै सो अभियानले स्वेदशमा नै रोजगारीको सिर्जना गरी वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्ने कम्पनीले विश्वास लिएको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो–‘सामाजका लागि यस्तो रोजगारीमँलक अभियानको शुरुवात गरेकोमा हामी गर्व महशुस गर्दैछौ र नेपाली युवालाई टाटा सुमो अपनाएर आफनो रोजगारी आफैं सिर्जना गर्न आह्वान गछौं ।’

प्रतिक्रिया दिनुहोस्