एनआईसी एसिया बैंक र बुम रेमिट्यान्स प्रालिबीच सम्झौता



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र बुम रेमिट्यान्स प्रालिबीच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बंैकका सबै शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनआईसी एसिया बैंक का तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले हस्ताक्षर गर्नुभयो । बुम रेमिट्यान्सको देशभर ४ हजारभन्दा बढी प्रतिनिधि छन् । एनआईसी एसिया बैंकको देशभरी २३४ वटा शाखा, १४ वटा एक्स्टन्ेसन काउन्टर र १६ वटा ब्रान्चरहित बैंकिङ सेवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्