एनसीसी बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकुरेन्स सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्