जेम्ससँगको विवादमा मेलानिया राष्ट्रपतिको विपक्षमा देखिइन्



वासिंगटन
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पबीच अमेरिकी वास्केटबल खेलाडी लेब्रान जेम्सको मामिलामा मतभेदको स्थिति देखिएको छ ।

डोनाल्ड ट्रम्पले लुब्रान जेम्सको आलोचना गरिरहेकै बेला मेलानिया उनको पक्षमा देखिएकी छिन् । जेम्स एक अन्तरवार्तामा ट्रम्प नागरिकबीच विभाजन ल्याउने गरिरहेको र उनले जातीवादीहरुलाई उक्साइरहेको बताएका थिए ।

यसको जवाफमा डोनाल्ड ट्रम्पले लब्रानको बुझाइमाथि प्रश्न उठाएका थिए । एक नेसनल बास्केटबल एसोसिएसन (एबीए) खेलाडीलाई ‘समझदार देखाउनु ‘ सहज नहुने उनले बताएका थिए ।

ट्रम्पको उक्त ट्विटको १४ घण्टापछि मेलानियाका प्रवक्ताले लुब्रान जेम्स आफनो गृहनगर ओहायोमा एक स्कुलसँग मिले राम्रो उद्देस्यका लागि काम गरिरहेको बताएका थिए ।
उनले भने– मेलानिया ट्रम्प बच्चाहरुले जुन कठिनाइ भोगिरहेका छन्, त्यसमा कुरा गर्न चाहेकी छिन् ।

जेम्सले सीएनएनलाई दिएको एक अन्तरवार्तामा ओहायोमा बच्चाका लागि नयाँ स्कुल खोल्ने विषयमा चर्चा गरेका थिए ।

यसै हप्ताको सुरुवाटमा जेम्सले आफनो अन्तरवार्तामा खेलको माध्यमबाट आफुलाई फरक फरक पृष्ठभुमी र जानीका ब्यक्तीहरुसँग संगत गर्ने अवसर प्राप्त एको बताएका थिए । उनले भने– खेलले कहिल्य पनि मान्छेमा विभाजन गर्दैन । सँधै उनीहरुलाई सँगै ल्याउने काम गर्छ ।
त्यसपछि शनिबार डोनाल्ड ट्रम्पले जेम्सलाई ट्विटरमार्फत जवाफ दिएका थिए । उनले ट्विटमा भने– टेलिभिजनका सबैभन्दा मुर्ख डन लेमनले हाल मात्र लुब्रन जेम्सको अन्तरवार्ता लिएका थिए । उनी लुब्रानलाई बुद्धिजिवी देखाइरहेका थिए, जुन सहज काम होइन ।

आफुले बुब्रान जेम्सको स्थानमा पुर्व वास्केटबल खेलाडी माइकल जोर्डनलाई मनपराएको पनि ट्रम्पले लेखेकाछन् ।

जोर्डन र जेम्समा को राम्रो खेलाडी हो भन्ने विषयलाई लिएर लामो समय देखि बहस चलिरहेको छ । अमेरिकी राष्टपतिले माइकल जोर्डनलाई समर्थन दिनु पनि यसै बहससँग जोडिएको घटना मानिएको छ ।

यद्यपी जोर्डनले पनि जेम्सको समर्थन गरेका छन् । उनका प्रवक्ताका अनुसार जोर्डनले भनेका छन्–म एलजे (लुब्रान जेम्स)लाई समर्थन गर्छु । उनी आफनो समुदायका लागि राम्रो काम गरिरहेका छन् ।

मेलानिया ट्रम्प हालैमात्र जेम्सले खोलेको स्कुलको भ्रमणमा पुगकी थिइन् । यसअघि मेलानियाले आफनो ट्विटमा ‘जिम्मेवार अनलाईन ब्यवहारको महत्व‘ जस्ता पंक्ती समावेस गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्