थाइल्यान्ड: थाई सुन्दरीको हत्या



फुकेट (एजेन्सी)
यौन सम्पर्कका लागि नमान्दा थाइल्यान्डका पुर्व सुन्दुरीको गोली हानी हत्या गरिएको छ । उनले एक क्लबका मालिकसँग यौन सम्पर्क गर्न अस्विकार गरकी थिइन् । पविना नेमुइनग्रक पहिचान भएकी ती पुर्व सुन्दरीमाथि ४ गोली टाउको र छातीमा प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताए । उनका एक साथीमाथि पनि ३ गोली प्रहार भएको बताइएको छ ।

एकदिन अगाडी पविनाको जन्मदिन भएको र आफना साथीहरुसँग बर्थडे मनाउने उक्त क्लबमा पुगेको द सनले जनाएको छ । दुबैको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्