चीन: स्टुडियो भत्काइयो



बेइजिंग,(एजेन्सी)
सरकार विरोधी चिनिया कलाकार एइ वेइवेइले स्थानिय प्रशासनले राजधानी बेइजिंग स्थित आफ्नो स्टुडियो भत्काइ दिएको गुनासो आइतवार गरेका छन् । उनले आफ्नो स्टुडियो भत्काइँदै गरेको क्लिप इन्स्टाग«ाममा राख्दै उक्त कारवाही गरिनु अघि आफुलाई कुनै सुचना नदिएको पनि जनाएका छन् ।

उनकै साँघाइ स्थित अर्को स्टुडियो सन् २०११ मा ध्वस्त पारिएको थियो । उनले त्यतिवेला पनि आफुसंग कुन ैअनुमति नलिइएको बताएका छन् । सन् २०१५ मा चीन छोडेयता ६० वर्षि वेइवेइ जर्मनीमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्