इन्डोनेसिया: शक्तिशाली भुकम्प



जाकार्ता (एजेन्सी)
इन्डोनेसियाको लामबाक द्विमा शक्तिशाली भुकम्प आएको छ । भुकम्पका कारण सरकारले सुनामीको चेतावनी पनि जारी गरेको छ । अमेरिकी भुगर्भ सर्वेक्षणले भुकम्पको तिब्रता ७ रिक्टर स्कल भएको बताएको छ । भुकम्पको केन्द्र बिन्दु जमिनको सतहबाट १० किलोमिटर तल रहेको जनाइएको छ ।

एक हप्ता अगाडी आएको भुकम्पमा पनि १७ जनाको मृत्यु भएको थियो । अधिकारीहरुले भुकम्पपछि सुनामीको चेतावनी जारी गर्दै समुद्रको तटिय इलाकाबाट टाढा जान नागरिकहरुलाई आह्वान गरेको छ । मौसम विभागका प्रमुखले नागरिकहरुलाई उचाइ भएको इलाकामा जान अपिल गरेको स्थानिय टेलिभिजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्