अफगानिस्तान: आत्मघाती हमला



कावुल,(एजेन्सी)
पुर्वी अफगानिस्तानमा आइतवार एकजना आत्मघाती आक्रमणकारीले विस्फोट गराउादा तिनजना चेक उत्तरी एटलान्टिक सन्धि संगठन ( नेटो ) का सैनिक मारिएका छन् ।

नेटोका अधिकारीहरुद्वारा जारी गरिएको एत्र विज्ञप्तिमा अफगान फौजसंग पैदल गश्तीमा रहेकाबेला तिनीहरु माथि आक्रमण भएके उल्लेख गरिएको छ । स्थानिय समय अनुसार बिहान छ बजे पारवान प्रान्तको राजधानी चारिकारमा भएको यस हमलामा एकजना अमेरिकी र अन्य दुईजना अफगान सैनिक मारिएक छन् । तालिवान लडाकुहरुले यस आक्रमणको औपचारिक जिम्मेवारी लिइसकेका छन् । चेक प्रधानमन्त्री आन्द«ेज बाबिसले समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्