कुकुरको टाउकाको मूल्य ८० लाख



नेपाल समाचारपत्र, काठमाडौं ।

लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो कोलम्बिया । यस देशमा बढे बढे कुख्यात तस्करहरु वर्षौँदेखि लागुऔषधको कारोवारी गरिरहेको छन् । तर पछिल्लो केहि बर्षमा एउटा कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई कारोबार गर्न मुस्किल बनाइदिएको छ ।

प्रसङ्ग हो ूसोम्ब्राू नामको एउटा कुकुरको जसले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न कोलम्बिया पुलिसलाई सफलता दिलाई सकेको छ । उक्त कुकुरले आफ्नो कारोबारै चौपट्ट पार्दिए पछि लागुऔषध अपराधीहरुले कुकुरको टाउकाको मूल्य तोकेका छन् । उक्त कुकुरलाई जिउँदै वा मारेर ल्याउने मानिसलाई ८० लाख रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा तस्करहरुले गरेका छन् ।

शेफर्ड जातको सोम्ब्रा कुकुरले पछिल्लो दुई वर्षदेखि कोलम्बियाको पुलिस विभागमा काम गर्दै आएको छ । कोलम्बियाका पुलिसले यो कुकुरको सहयोगमा झन्डै २५० को हाराहारीमा लागुऔषध अपराधी पक्रिन सफल भएको छ । यो कुकुरले देशका दुईवटा ठूला एयरपोर्टमा पालैपालो ड्युटी गर्ने गरेको छ । यो कुकुरको काम बारेमा जानकारी कोलम्बियाको पुलिसले नै ट्विट मार्फत गरेको थियो ।

सुँघेर लागुऔषध पत्ता लगाउने अद्भुत क्षमता भएको उक्त कुकुरले सन् २०१६ को मार्चदेखि लागूऔषध कारोबारी विरुद्ध पुलिससँग काम सुरु गरेको हो ।

पहिलोपटक सन् २०१६ को मार्च महिनामा यसले बाकसमा लुकाएर तस्करी गर्दै गरिएको २९५८ किलो कोकिन पक्रिएको थियो । उक्त बाकस बेल्जियम तस्करी गरिँदै थियो । त्यसपछि सन् २०१७ को मे महिनामा पनि बेल्जियम पठाउन लागिएको १।१ टन कोकिन यसले पक्राउ गरेको थियो । त्यसपछि ५/३ टन कोकिन पनि उसले पक्रिएको थियो ।

उमेरले ६ वर्ष पुगेको उक्त कुकुरलाई कुनै उच्च पुलिस अधिकारी जस्तो सुबिधा दिएको छ कोलम्बियाको सरकारले किनकि यो कुकुर बुलेटप्रुफ गाडीमा हिड्दछ र सुरक्षाको लागि दुईजना बन्दुकधारी प्रहरीहरु खटिने गरेका छन् । एयरपोर्टमा पिक आवरमा ६ घण्टाका लागि यसलाई ड्युटीमा खटाइने गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्