चर्चित अद्यतन न्यायिक सन्दर्भहरूमा घोत्लिँदा



-मुक्तिबन्धु
ग्रेसी न्यायाधीश हुँदा कांग्रेसका अन्यायहरू सबै न्यायमा दरिन्छन्। बेलामौका कांग्रेसले चाहेअनुसारको निर्णय गराउन सक्छ। यो थाहा पाएको कांग्रेसले आफ्नै कार्यकर्तालाई न्यायाधीश बनाउन मरिहत्ते किन नगर्ने ? कांग्रेसको देखासिकी गरेर हुर्केका कम्युनिस्टलगायतले पनि मौकामा चौका हान्न किन पछि पर्र्नेे ?
जति पर्नु मर्कामा त नेपाली जनता परेका छन्। कुनै समस्या आइप¥यो भने न्यायको गुहार लगाउन कुन नेताकोमा जाने ? कसरी पहिल्याएर जाने ? के आधार बनाएर जाने ? उपाय नपाएपछि मन्दिर जाने। विगत केही वर्षबाट मन्दिरहरूमा भीड बढेको छ।
राज्य व्यवस्था जंगल होइन, बगैंचा हो। बगैंचामा विषवृक्षहरू उम्रन्छन् त रोपेरै उम्रन्छन्, हुर्कन्छन् त हुर्काएरै हुर्कन्छन्। ‘विषवृक्षोपि सम्बध्र्य स्वयं छेत्तुमसाम्प्रतम्।’ अर्थात् आफूले हुर्काएको विषवृक्ष नै भए पनि आफैंले काट्न, ढाल्न ठीक हुँदैन।’ चुनाव चि≈न नै वृक्ष राखिआएको नेपाली कांग्रेसलाई अन्यथा निर्णय गर्न गाह्रो छ। विकृति विसंगतिको साथ दिनु नेपाली कांग्रेसको नियति नै हो। कांग्रेस अहिले आन्दोलनको मुडमा देखिएको छ। आन्दोलनको लक्ष जनहित प्रतिकूल यथास्थितिको उन्मूलन र संस्कृतिको प्रगतिशील रूपान्तरण होइन। लक्ष्य त यथास्थितिको संरक्षण नै हो। नेपाली कांग्रेसलाई प्रगति शब्द मन नै पर्दैन। कांग्रेसमा अझै शेरबहादुर नेता छन्। उनी बहादुर हुन्। उनका बहादुरीको महाभारत लेखिनै बाँकी छ। उनी प्रधानमन्त्री बनिपाउने न्याय खोज्न पहिले त गोर्खा जान्थे अहिले कहाँ जान्छन्, त्यो थाहा हुन पनि बाँकी नै छ।
निष्पक्ष हुनुको तात्पर्य न्यायको पक्षमा अडिग रहनु हो। नुनको सोझो गर्नु भन्ने बूढापाकाको अर्ती यहाँनिर आएर गलत सावित हुन्छ। दुर्योधनले सुटुक्क नुन खुवाएर पाण्डवको मामा शल्यलाई पाण्डवकै विपक्षमा लडाइँ गर्न बाध्य बनायो। न्यायका दृष्टिले शल्य अनुकरणीय दृष्टान्त होइनन्। हाम्रा न्यायमूर्तिहरूले यस्ता कुरालाई कसरी लिन्छन् हामी जनताका लागि चासोको कुरा हो।
हामीकहाँ नजिर नै गलत छन्। पूर्वप्रधानन्यायाधीश पराजुली महोदयलाई कुनै कारबाही नहुनु पनि एउटा नजिर हो। यसै त हामीकहाँ नेताहरू र निर्णायकहरूलाई पञ्चखतमाफीको परम्परा बासिसकेको छ। अब निर्णायक पदहरूमा भर्ना लिनुपर्दा एसएलसी फेल भएका र जन्ममिति निश्चित नभएकालाई विशेष ग्रा≈यता दिइनेछ भनी विज्ञापनमै किटान किन नगर्ने ? ढाँट छल र कीर्ते क्रियाकलापबापत बडे–बडे नेता र निर्णायक पदासिनहरूमाथि फिटिक्कै कारबाही हँुदैन भने कारबाही नहनुलाई पनि कानुनसमम्मत र अझै सम्मानित बनाउन अनुकूल कानुनहरूको तर्जुमा किन नगर्ने ?
पीडितहरूले रात–दिन थर्कमान रहनुपर्ने र पीडकहरूले छाती फुलाउँदै हिँड्न पाउने राज्य व्यवस्था यस भूखण्डमा पहिले पनि थियो। ‘अत्र सन्तो विषिदन्ति प्रहृष्यन्ति ≈यसाधवः’ अर्थात् यहाँ सज्जनहरू रोइरहेका छन् बदमासहरू हाँसिरहेका छन्। यो कुनै समय खण्डको वर्णन हो, जुन वर्णन हामी पुराणहरूमा पढ्छौं। मैले पटक–पटक शंका व्यक्त गरेको छु– हामी आज पनि पुराण र लोककथाका तिनै युगमा त छैनौं ?
ठूलाबडाका पनि विकृत असंगत देखिएका क्रियाकलापको गम्भीर छानविन हुनुपर्छ र अपआचरण वा अपराध ठहर भएमा ठूलाबडाहरूमाथि अझै सशक्त कारबाही हुनुपर्छ भन्न आजको प्रतिपक्ष कांग्रेसले किन सक्दैन ? हामीले त्यही चाहेका हौं, अब हामी त्यसै गर्छौं। असल प्रतिपक्ष बनेर असल काममा मद्दत गर्नुहोस् भन्न सत्तापक्षले किन सक्दैन ? यदि सक्दैसक्दैन भने किन सक्दैन ? सञ्चारजगत्मा लेनदेन नमिलेर बखेडा भएको भन्ने जस्ता कुरा किन उठ्छन् ? गलत वितर्क हो भने सम्बन्धितहरूबाट त्यसको खण्डन किन हुँदैन ?
यहाँ ‘तैं चुप, मै चुप’ का घटनावली अनगिन्ती छन्। नेताहरूका आचरणकै कुरा छन्। आर्थिक अपचलनकै कुरा छन्। तस्करहरू गुन्डाहरू र कुख्यात ठेकेदारहरूसँग राजनेताका साँठगाँठका कुरा छन्। असारे विकास र तज्जन्य विनाशका कुरा छन्। प्रतिबद्धता र विपरीतबद्धताका कुरा छन्। महिला हिंसा रोक्न नसक्नुका कुरा छन्। निरपेक्ष रूपपमा गरिब जनाता निचोरेर कर उठाउनुको औचित्य अनौचित्यका कुरा छन्। राज्यको हैसियतभन्दा धेरै माथि उफ्रेर भूतपूर्व ठूलाबडाहरूका लागि सेवा सुविधा उपलब्ध गराएका अचाक्लीका कुरा छन्। यी यस्ता कुरामा कांग्रेस, कम्युनिस्ट, मधेसवादी सबैको भातभान्छा मिल्छ। मिल्दै आएको छ। यी ‘तैं चुप मैं चुप’ का परम पवित्र कार्यक्षेत्रहरू हुन्।
आफू सत्तामा जबरजस्ती टासिँदाका बखतसमेत गरेका नितान्त अलोकतान्त्रिक कदम र निर्णयहरूमा साथ दिएबापत कुनै निर्णायकप्रति कृतज्ञ रहनु शेरबहादुरको बहादुरी हो भने पनि यस्ता प्रत्युत्पादक सोच व्यवहारसँग सती जान तम्सनु बाँकी कांग्रेसीजनको सरासर कायरता हो। यसैलाई लेनदेनको विषय बनाउन चाहेको हो भने सत्तापक्षको अर्को कायरता हो। हामी जनताले त समस्यालाई यसरी नै बुझेका छौं। यहाँनिर एउटा महाकाव्यिक प्रसङ्ग स्मरणीय छ। यो महाभारतकालीन कुरा हो। पाण्डव–कौरवलाई सबै किसिमका शिक्षा दिइसकेपछि गुरुहरूले अभ्यास र परीक्षाका लागि पनि समय व्यवस्थित गरेका थिए। न्याय इन्साफको अभ्यास सन्दर्भमा राजकुमारहरूलाई विभिन्न मुद्दा छिन्न पनि लगाइन्थ्यो। अहिलेको सर्वोच्च अदालत जस्तै सर्वोच्च न्यायिक निकाय पनि त्यति बेला राजदरबार नै थियो। यो परम्परा भारतीय उपमहाद्विपका विभिन्न मुलुकहरूले राजतन्त्र कायम रहँदासम्म पनि पछ्याए।
धृतराष्ट्रको राजदरबारमा एक दिन एउटा जघन्य अपराधको मुद्दा आयो। दुर्योधन र युधिष्ठिरलाई अलग–अलग अभ्यास इजलास दिएको थियो। दुर्योधनले राय दिइसकेपछि मुद्दा अन्तमा युधिष्ठिरकोमा आयो। अपराधी ३ जना थिए। मिलेर अपराध गरेका थिए। तीन जनामा एक पण्डित ब्रा≈मण, एक राजन्य क्षत्रीय र एक शूद्र थिए। दुर्योधनले ब्रा≈मणलाई उन्मुक्ति दिने क्षत्रीयलाई गालीदण्ड दिने र शूद्रलाई मृत्युदण्ड दिने राय पेस गरेका थिए। यृधिष्ठिरले भने– ‘मेरो विचारमा उन्मुक्ति त शूद्रले पाउनुपर्छ। उसले शिक्षादीक्षाको अवसर पाएको छैन। विवेक बुद्धिका विकासको अवसर पाएको छैन। उसले जे ग¥यो लहैलहैमा लागेर ग¥यो। ऊ स्वयंमा निर्दोष छ।
सबैलाई थाहा छ– आज सत्तामा र प्रतिपक्षमा विभिन्न बहुश्रुत विद्वान्, प्रतिभाशाली र बहादुर व्यक्तित्वहरू होलान् तर युधिष्ठिर व्यक्तित्व छैनन्। युधिष्ठिर हुँदा त यदाकदा सत्य धरापमा पर्छ भने युधिष्ठिर नहुँदा सत्य सधैं धरापमा पर्छ। धरापमा पर्दापर्दै मर्छ पनि सत्य। यहाँ सत्य मरेका कथाहरू छन्। सत्य हार्नु भनेको सत्य मर्नु हो।
सर्वाधिक दोषी यो राजन्य क्षत्रीय हो। जन–जनको संरक्षक बन्नुपर्ने जिम्मेवारीको यसले भक्षकको काम ग¥यो। अपराधलाई कार्यान्वयन गर्ने मुख्य पात्र यही हो। यसले मृत्युदण्ड पाउनुपर्छ। पण्डित बाहुन धर्म र कानुनको व्याख्याता हो। जन–जनलाई गलत काम गर्नुबाट रोक्नु उसको जिम्मेवारी हो। यसले राजन्य क्षत्रीय र शूद्रलाई सम्झाएर बुझाएर यस्ता जघन्य अपराध गर्नबाट रोक्नुपथ्र्यो। आफ्नो जिम्मेवारीको अपहेलना गरेर ऊ यस्तो जघन्य अपराध कार्यमा आफैंसमेत सरिक भयो। न्यायको संरक्षण गर्नुपर्ने व्यक्ति आफैं अन्यायमा सरिक हुनु चरम अन्याय हो। सबैले भन्दा बढी र कडा दण्ड सजाय त अझ यस पण्डितले पाउनुपर्छ। यस्ता अन्यायीलाई क्षमा दिनु, उन्मुक्ति दिनु पनि न्यायका दृष्टिले भयंकर अन्याय हुन्छ। अपराधीलाई जोगाउनु पनि अपराध हो। यसबाट न्यायको विवेकसम्मत परम्परा नै बिग्रन्छ।’
युधिष्ठिरको अभिमत महाभारतको समय खण्डमा सायद नयाँ थियो। परम्परागत सोच समझभन्दा फरक थियो। अहिलेको चलनचल्तीको शब्दमा भन्नुपर्दा क्रान्तिकारी थियो। यसै भएर यस अभिमतलाई महाभारतमा ‘युधिष्ठिरको न्याय’ नामबाट जानिँदै आएको छ।
हामी जनताका विचारमा यो विवेक र इमानदारीको सवाल हो। विवेक र इमानदारी भयो भने जटिलभन्दा जटिल समस्याहरू पनि सजिलै सुल्झन्छन्। समस्या त आज यहाँ विवेक र इमानदारीको अभावले ल्याएको छ। त्यो अभावको पूर्ति कसले गर्ने ? कसरी गर्ने ?
सबैलाई थाहा छ– आज सत्तामा र प्रतिपक्षमा विभिन्न बहुश्रुत विद्वान्, प्रतिभाशाली र बहादुर व्यक्तित्वहरू होलान् तर युधिष्ठिर व्यक्तित्व छैनन्। युधिष्ठिर हुँदा त यदाकदा सत्य धरापमा पर्छ भने युधिष्ठिर नहुँदा सत्य सधैं धरापमा पर्छ। धरापमा पर्दापर्दै मर्छ पनि सत्य। यहाँ सत्य मरेका कथाहरू छन्। सत्य हार्नु भनेको सत्य मर्नु हो।
प्रतिक्रिया दिनुहोस्