सलमान छोडेर क्रिस रोजिन् प्रियंकाले



बलिउड नायक सलमानको फिल्म भारत छोडेर नायिका प्रियंका चोपडाले सबैलाई अचम्मित पारेकी छिन्। हुन पनि बलिउडमा सलमान खानसँग फिल्म खेल्न भनेपछि नायिकाहरू हुरुक्कै हुने गर्छन्।
केही मानिसहरूले उनको यो व्यवहारलाई अव्यावसाियक मानेका छन्। केहीले भने उनले प्रेमी निक जोनससँगको इन्गेज्मेन्टपश्चात् विवाहको तयारीका लागि फिल्म छोडेको भन्ने अड्कल लगाएका छन्। तर उनले भारत छोड्नुको कारण थाहा पाउनुभयो भने तपाईं पनि छक्क पर्नु हुनेछ।
एजेन्सीका अनुसार प्रियंकाले भारतभन्दा ठूलो एक हलिउड फिल्ममा काम गर्ने अवसर मिलेको कारण सलमानको भारत छोडेकी हुन्। उनले हलिउड फिल्म छोड्नु उचित नलागेका कारण २ दिन सुटिङ गरेपछि फिल्म भारत छोडेकी हुुन्। समाचारअनुसार उक्त हलिउड फिल्म र भारतको सुटिङ डेट जुधेको र प्रियंकाले दुवै फिल्मलाई समय दिन नसकेको कारण फिल्मका निर्देशक अलि अब्बास जफर र लिमानलाई अप्ठ्यारोमा पारेकी हुन्। क्वाटिकोपश्चात् हलिउडमा कुनै पनि फिल्म नपाएपछि उनले सलमानको फिल्ममा साइन गरेकी थिइन्।
प्रियंकाले फिल्म छोडेपछि नायिका कट्रिना कैफ उक्त फिल्मका लागि तयारी गरिरहेकी छिन्। खबरअनुसार उनले काउब्वाई निन्जा वाइकिङ नामक हलिउड फिल्ममा काम गर्ने अफर पाएकी छिन्। उनी यस फिल्ममा हलिउड अभिनेता क्रिस पेटको हिरोइन बन्नेछिन्।

प्रतिक्रिया दिनुहोस्