पीएसजीलाई ट्रफी



लन्डन, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोलाई ४–० गोलअन्तरले हराएर ट्रफी डेस च्याम्पियनमा उपाधि जितेको छ । शनिबार भएको खेलमा ब्राजिलियन खेलाडी नेयमारले अन्तिम १५ मिनेट मात्रै खेलेका थिए । चीनको शेन्जेन युनीभरसीयाडे स्टेडियममा भएको खेलमा उनी मार्को भेराटीको स्थानमा आएका थिए । तर उनले गोल भने गर्न सकेनन् ।

एन्जेल डि मारियाले १२ औं मिनेटमा फ्रिकिकमार्फत् गोल गरेर टोलीलाई अग्रता दिलाए । सात मिनेटपछि क्रिस्टोफर कुन्कुले क्लोज रेन्जमा गोल गरेर अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा टिमोथी वेहले तेस्रो गोल गर्दा डि मारियाले अन्तिममा गोल थपेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्