ओप्स फुटसल हुने



काठमाडौं, (नेस)
प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिता आईतवार देखि हुने भएको छ । जीवनको मूल आधार शिक्षा र खेलकुद भन्ने स्लोकनका साथ साउन २३ गते सम्म संचालन हुने प्रतियोगितामा २० स्कुलको सहभागिता रहनेछन् ।

मनमैजु स्थित जिफोर खेल मैदानमा संचालन हुने प्रतियोगिताका सहभागि टिमलाई ४ समूहमा बिभाजन गरि लिगकम नकाउटका आधारमा खेल संचालन गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्