हप्ता दिनमै उप्कियो पिच



विमल विष्ट, डोटी
डोटीको दिपायल राजपुरमा पिच गरीएको एक हप्तामै सडक उक्कीएको छ । दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको मुल गेटसम्म पिच गरिएको सडक साता नबित्दै उकिकएर हिलाम्मे हुन थालेको छ ।

रकम सक्नका लागि पिच गरिएको सडक उक्किएर हिलाम्मे हुन थालेपछि यातायातका साधन तथा स्थानियलाई हिड्नमा समस्या उत्पन्न भएको छ । धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालको टेण्डर अनुसार त्रिशक्ती कन्ट्रक्सनले उक्त सडक गएको केही दिन पहिले पिच गरेको हो । १२ सय मिटर सडक पिच गर्न एक करोड २७ लाखमा ठेक्का स्वीकृत भएको थियो । जेठ मसान्तमा काम सक्नेगरी सम्झौता भएको उक्त सडक हाल आएर पिच गरिएको स्थानियबासी लालबहादुर धामीले बताउनु भयो ।

‘असार मसान्त सम्म समयसिमा तोकिएपनि बर्षायाममा गरिएको पिच गुणस्तरको नहुने भएकाले जेठ १५ भित्र कामसक्न निर्देशन दिइएको थियो’ धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयका प्रमूख ईन्जिनियर राजेन्द्र शाहले भन्नु भयो, ‘हामीले जेठ १५ मै काम सक्न लिखित पत्राचार समेत गरेका थियौ,किन अहिले आएर पिच गरे हामीलाई नी थाहा छैन् ।’ सडक मापदण्ड अनुसारको उक्त पिच नबनेको स्थानियको आरोप छ ।

सडकको चौडाई ७ मिटर हुनुपर्ने भनि लिखित सम्झौता भएपनि तर तोकिए अनुसारको चौडाई पनि नपुगेको स्थानियको दाबी छ । सडकमा इष्टिमेट अनुसारको काम नभएकाले आफुले रकम भूक्तानीका लागि सिफारिस नगर्ने दिपायल सिलगढी नगरपालिका वडा न.४ का वडाध्यक्ष विरेन्द्र शाहले बताउनुभयो ।

धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयले सडक निर्माण कम्पनीलाई ५० लाख शुरुमा भूक्तानी दिएको ईन्जिनियर शाहले बताउनु भयो । ईन्जिनियर शाहले थप भन्नु भयो ‘काम हेरेर ईष्टिमेट अनुसारका काम गराएर मात्रै भूक्तानी दिन्छौ,नत्र भुक्तानी रोकिने छ ।’

प्रतिक्रिया दिनुहोस्