पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध



नेपाल समाचारपत्र, चितवन ।
नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा आज बिहानै पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।

नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ६ बजे पहिरो खसेको हो।

पानी परिहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ। साथै पहिरो खसेको ठाउँमा माथिबाट ढुंगा झरिरहेकाले पहिरो पन्छाउन अझै तीनरचार घण्टा लाग्ने देखिएको ट्राफिक प्रहरीले जनाएको छ।

सडक बन्द भएपछि राजधानीबाट बाहिर जाँदै गरेका तथा विभिन्न जिल्लाबाट राजधानी आउँदै गरेका सवारीसाधनको लामो लाइन लागेको छ।

विस्तार गरी सडक राम्रो बनाइएको भए पनि वर्षा लागेयता बारम्बार पहिरो खस्ने समस्याले नारायणगढ-मुग्लिन सडकमा यात्रुले सास्ती पाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्