नेपाली फुटबल टोलीको बिदाइ



काठमाडौं, (नेस)
नेपाली फुटबलका सिनियर र जुनियरको संयुक्त टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। हिजै थाइल्यान्ड प्रस्थान गरेका नेपालका दुवै टोलीे बैंककमा १० दिन बन्द प्रशिक्षणमा रहनेछन्। नेपालको राष्ट्रिय फुटबल टोलीले साउन २२ गते थाइल्यान्डको पुलिस टेरोसँग खेल्नेछ। त्यस्तै साउन २५ गते यू–२३ टोलीले थाइल्यान्डकै यू–२३ टोलीसँग खेल्ने एन्फाले जनाएको छ। यहीबाट यू–२३ नेपाली टोली इन्डोनेसियामा हुने एसियाली खेलकुदमा सहभागिता हुनेछ।

यू–२३ नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्ने पनि एन्फाले जानकारी दिएको छ। माल्दिभ्समा खेलिरहेका किरण बुधबार मात्र नेपाल फर्केकाले टोलीसँगै थाइल्यान्ड जान पाएनन्। उनको भिसा लागेपछि केही दिनमै बैंकक जानेछन्। एसियाली खेलकुदमा फुटबलतर्फ सिनियरका ३ खेलाडी राख्न प्रावधान रहेअनुसार नेपाली यू–२३ टोलीमा किरणसँगै विशाल राई र भरत खवासलाई समावेश गरिएको छ। एसियाली खेलुकदमा नेपालको समूह ‘डी’ मा जापान, भियतनाम र पाकिस्तान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्