डेढ दर्जन नयाँ औद्योगिक क्षेत्र निर्माण गरिँदै



काठमाडौं, (नेस)
सरकारले सातै प्रदेशमा मुलुकका करिब डेढ दर्जन नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने योजना अगाडि सारेको छ। बजेट भावना अनुरुप संघीय ढाँचामा सरकारले नयाँ औद्योगिक क्षेत्र बनाउने तयारी अघि सारेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच वर्षभित्र नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने गरी कार्ययोजना निर्माण गरिहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार निजी क्षेत्रसँगको सहकार्यमा यस वर्ष प्रक्रिया अगाडि बढाउने तयारी रहेको छ। मन्त्रालयले प्रदेश नम्बर १ मा एउटा, प्रदेश २, प्रदेश नम्बर प्रदेश ३ र ४ मा दुई÷दुई वटा औद्योगिक क्षेत्र बनाउन लागिएको हो। त्यस्तै ५, ६ र ७ प्रदेशमा तीन÷तीन वटा निर्माण गर्ने तयारी छ । पाँच वर्षभित्र पूरा गर्ने गरी झापाको दमक, सर्लाहीको सागरनाथ, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर, रूपन्देहीको मोतीपुर, दाङको लक्ष्मीपुर, बाँकेको नौबस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजीमा स्थापना गरिने छ।

त्यस्तै गोरखा, तनहुँ, सुर्खेत, कञ्चनपुर, दैलेख, काभ्रे, रौतहट, र धनुषा, दैलेख, जुम्लामा पूर्वसम्भाव्यता अध्ययनको काममा अध्ययन गर्ने तयारी भइरहेको उल्लेख छ । उक्त क्षेत्रमा जग्गा अधिग्रहणको कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्