सुरक्षित गन्तव्य



लिन्चवर्ग, (एजेन्सी)
एउटा बाँध भत्किने डरका कारण अमेरिकाको भर्जिनिया राज्यको लिन्चवर्ग शहरका विभिन्न भागमा बस्नेलाई सुरक्षित गन्तव्यमा जान शुक्रबार स्थानीय प्रशासनले आदेश दिएको छ। लिन्चवर्ग जलस्रोत विभागले बिहीबार साँझ १५ सेन्टिमिटर वर्षा भएपछि कलेज लेक ड्याममा क्षमताभन्दा बढी पानीको भार परेको छ। यदि बाँध भत्किएको खण्डमा सात मिनेटभित्र ५ मिटर अग्लो बाढी आउने राष्ट्रिय जल सेवाले जनाएको छ। ब्ल्यु रिड्ज माउनटेनमा रहेको यस शहरमा करिब ८० हजार जनसंख्या रहेको छ।

प्रतिक्रिया दिनुहोस्