आर्थिक अबस्था कमजोर भएपछि बिद्यालयको भवन भाडामा



सरिता चलाउने, सल्यान ।
बिद्यालयको आर्थिक अबस्था कमजोर भएपछि सल्यानको एक बिद्यालयको भवन भाडामा लगाईएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखरा पाखापानीमा रहेको महेन्द्र माद्यामिक बिद्यालयको भवन भाडामा लगाईएको हो । अहिले यस बिद्यालयको दुई कोठे भवन भाडामा लगाईएको छ ।
बिद्यालयमा आबश्यक शिक्षक दरबन्दी नहुदाँ यस बिद्यालयले ४ जना निजि स्रोत बाट शिक्षक राखेको छ । निजि शिक्षकलाई तलव खुवाउन देखी लिएर कार्यालयको अन्य खर्चको ब्यबस्थापन गर्ने बिद्यालयमा आम्दानीको स्रोत नभए पछि बिद्यालयको दुई कोठे भवन भाडामा लगाईएको हो ।
बिद्यालयका प्रधानाध्यापक रोमहर्ष केसीले बिद्यालयको आम्दानीको स्रोत जुटाउन बिद्यालयको भवन भाडामा दिएको बताए । बिद्यालयमा आम्दानीको स्रोत केही भएन, निजि शिक्षकलाई तलव खुवाउन देखी लिएर अन्य कार्यालयको खर्च जुटाउन समेत समस्या भयो, त्यही भएर बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ, अभिभावक सबैको सामुहिक छलफल बाट बिद्यालयको भवनलाई भाडामा दिने निर्णय गरेका हौँ उनले भने ।
बजारको छेउमा रहेको, मोटर गाडी तथा बजारको चहलपहलको आवाज प्रत्यक्ष रुपमा कक्षा कोठामा जाने भएपछि यस भवनका बिद्यार्थीलाई हालै निर्माण भएको नयाँ भवनमा सारिएको थियो । यसरी बाहिरी होहल्लाका कारण कोठामा बसेर पढ्न नमिल्ने भएपछि यस बिद्यालय भवनलाई भाडामा दिने निर्णय भएको हो । हामीले साउन १ गते देखी भाडामा दिएका हौँ, अब प्रत्येक महिना १ हजार २ सयका दरले भाडा लिन्छौँ उनले भने ।
बिद्यालयका २ कोठालाई ४ कोठा बनाएर कटाईसिलाई, किराना लगाएतका पसल सञ्चालन गरिएको छ । यस बिद्यालयमा स्थायी प्राबि ४, निमावी राहत ३, लेखापाल १, कार्यालय सहयोगी १, बालबिकास सहजकर्ता १, प्राबि परियोजना १ र निजि स्रोत बाट ४ जना गरेर १५ जना कर्मचारी रहेका छन् । यस बिद्यालयमा ३ सय ३७ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्