बोगटान गाउपालिकाले शिक्षकलाई अनुदान मार्फत तलब खुवाउने



विमल विष्ट, डोटी ।
डोटीको बोगटान गाउँपालिकाले निजीस्रोतका शिक्षकलाई अनुदान मार्फत तलब खुवाउने भएको छ । गाउँपालिका भित्र रहेका निजीस्रोतका शिक्षक ब्यबस्थापनका लागि आबश्यक कार्यबिधी निमार्ण गरेर बिद्यालयलाई गाउँपालिकाले अनुदान दिने बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनु भयो । उहाँले भन्नु भयो ‘गाउँपालिका भित्र रहेका बिद्यालयमा कार्यरत निजीस्रोतमा काम गर्दैै गएका शिक्षकको संख्या पनि ठुलो छ, हामी अब निजीस्रोतका शिक्षकको ब्यवस्थापन गर्ने निर्णय गरेका छौ ।

कार्यरत शिक्षक भित्र प्रश्तिप्रर्धा गरेर शिक्षक छनौट गर्ने अध्यक्ष गडसिलाले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘हामीले आन्तरिक प्रतिश्पर्धाबाट छनौट गछौँ, बिद्यार्थी संख्याका आधारमा शिक्षक थप्ने र घटाउने काम हुने छ ।’ गाउँपालिकाले गरेको निर्णयले निजीस्रोतका शिक्षकलाई राहत हुने मष्टेश्वर माध्यामिक बिद्यालयका शिक्षक चक्रबहादुर चन्दले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बिगत लामो समयदेखी यस क्षेत्रमा कार्यरत छौं, गाउँपालिकाले हाम्रा माग सम्बोदन गर्ने बिषयमा कदम चालेका कारण शिक्षा क्षेत्र र शिक्षक सबैका लागि सुखद बिषय हो ।’ अनुदानमा शिक्षकलाई तलब खुवाउने निर्णय गर्ने बोगटान गाउपालिका जिल्ला भरीमै पहिलो गाउपालिका हो ।

प्रतिक्रिया दिनुहोस्