भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त



काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीमा नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकाललाई नियुक्ती गरेका छन । आफू निकट नेताहरुलाई वालुवाटारमा बोलाई प्रधानमन्त्री ओली र प्रचण्डसहितका नेताहको छलफलपछि ढकाललाई कानुन मन्त्री निुयक्त गरिएको जनाइएको छ ।

ढकाल मोरङ क्षेत्र नं. ३ वाट निर्वाचित संसद हुन् । लामो समय ओली निकट रहेर पनि अवसर नपाएका नेताका रुपमा परिचित ढकाल कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्री बन्ने भएका हुन् ।

मन्त्री हुनु भएको हो भन्ने प्रश्नमा ढकालले नजिक नजिक पुगेको तर आधिकारी भइ नसकेको प्रतिक्रिया दिएका छन् । कानुन मन्त्री  ढकाल र  भूमि व्यबस्था मन्त्री पद्मा अर्यालको मन्त्री पदको सपथ आजै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्