अष्ट्रेलिया: कुकुरको आक्रमण



सिडनी,(एजेन्सी)
अष्ट्रेलियामा एउटी १४ महिने बच्चीको कुकुरको आक्रमणमा परेर मृतयु भएको विहिवार प्रहरीले जनाएको छ । भिक्टोरिया राज्यको मेलवर्न देखि १ सय २० किमि पुर्वमा पर्ने निरिम जक्सनमा ति बच्चीलाई जर्मन वायरहेयर्ड प्वाइन्टरले नराम्ररी टोकेको थियो ।

बुधवार बिहान सो दुर्घटना हुनासाथ घरमै तत्काल स्वास्थकर्मि बोलाइए पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ । अष्ट्रेलियाली संचार माध्यमले कुकुले बच्चीको अनुहारमा टोकेको जनाएको छ । बच्चीको आमाको आक्रमण रोक्ने प्रयास असफल भएके थियो । कुकुरलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्