अफगानिस्तान: अपहरण र हत्या



कावुल,(एजेन्सी)
अफगानिस्तानको राजधानी कावुलमा तिनजना विदेशीको अपहरण पछि हत्या भएको अधिकारीहरुले विहिवार बताएका छन् । ति तिनजना भारत , मलेसिया , र मेसोडेनियाका नागरिक भएके प्रहरीले पुष्टि गरेको छ ।

अनुसन्धानकर्ताहरुले तिनीहरुलाई विमानस्थल थर्फ जाँद ैगर्दा बिच बाटोमा तिनीहरुको कार रोकेर अपहरण गरिएको र यसमा आतंककारी हात हुनुपर्ने बताएक छन् । पछि तिनीहरुका ेशव कावुल प्रान्तको मुस्साही जिल्लामा फेला पारिएको थियो । तिनीहरु फ्रेन्च फुड सर्भिसेज कम्पनी सोडेक्समा कुकको रुपमा काम गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्