पाकिस्तान: चार भारतिय आमन्त्रित



इस्लामाबाद (एजेन्सी)
इमरान खानले पाकिस्तानका प्रधानमन्त्रीका रुपमा अगस्ट ११ मा इस्लामाबादमा सपथ लिँदै छ । अन्तराष्ट्रिय स्तरमा सफल क्रिकेटरबाट राजनितिक जीवनमा पनि शिखरमा पुग्न सफल इमरानको उक्त समारोहका लागि भारतका चार चर्चित हस्तीलाई सहभागी हुन निमन्त्रणा प्राप्त भएको छ ।

ती चार भारतियमा चलचित्र अभिनेता अमिर खान, क्रिकेटर सुनिल गावस्कर, कपिल देव र नवजोत सिंह सिद्धु हुन् । नवजोत सिद्धुले बीबीसीसँच भने– म सम्मानित महसुस गरिरहेका छु । जुन चार जनालाई बोलाइयो, त्यसमा म पनि परेको छु । मैले त अत्यन्तै सम्मानित महुसुस गरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्