भारत: पानीपुरीमाथि रोक



बडोदरा (एजेन्सी)
भारतको गुजरात राज्यको बडोदरामा १ सय २० भन्दा बढीलाई पखाला तथा वान्ता हुने समस्या देखिएपछि त्यहाँको प्रशासनले पानीपुरी विक्रीमा रोक लगाएको छ । बडोदरा नगर निगमको ट्विट ह्यान्डलबाट भएको एक ट्विटमा भनिएको छ– बडोडरा फुड डिपार्टमेन्टले पानीपुरी बनाउने ५० स्थानमा आकस्मिक जाँच गरेको छ ।

४ हजार किलो पानीपुरी, ३ हजार ३ सय ५० किलो आलु र चना र १२ हजार लिटर पानी जफत गरि नस्ट गरिएको छ । सहरमा झाडा पखाला तथा वान्ता हुने समस्या बढेपछि नगर निगमले यसको विक्रीमा रोक लगाउने निर्णय लिएको छ ।

प्रतिक्रिया दिनुहोस्