मेगा बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं (नेस)
मेगा बैंक नेपाल र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक केशवराज केसीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार अब ग्राहकले मेगा बैंकका देशभरिका शाखाबाट सानिमा लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्