बीओके गृहलक्ष्मी सेभिङ खाता



काठमाडौं (नेस)
बैंक अफ काठमाण्डूले महिला ग्राहकलाई लक्षित गरी गृहलक्ष्मी सेभिङ खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ५ दशमलव २५ प्रतिशत ब्याज भुक्तानी गरिनेछ । साथै निःशुल्क एटीएम कार्ड (३ वर्षको अवधि), निःशुल्क बीओके स्मार्ट (सुरुको पहिलो वर्ष), लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क ब्यालेन्स सर्टिफिकेट र रिटेल कर्जा प्रवाह शुल्कमा शँन्य दशमलव २५ प्रतिशत को छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यस्तै तीजको शुभकामनासहित विशेष डिजाइनको कि–रिङ निःशुल्क प्रदान गरिने बैंंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्