नारीवाद र समसत्ताको आशा



-कमला रेग्मी भट्टराई
देशले परिवर्तनकारी सोचको सिँढी चढ्दै जाँदा स्थानीय चुनावसँगै नवीन नेतृत्वका मुहारलाई स्वागत गरिरहेको छ । गाउँ–टोलले परिवर्तनको अनुभूत गरिरहेको छ । समाजले अलिकति महिला नेतृत्वलाई नीतिगत बाध्यताले वा देखेर अर्थात् रहरमा या त बुझेर जे होस्, अलिकति स्थान दिएको छ । थोरै नारीवादी सिद्धान्तले उठ्ने बाटो पाएको भान भइरहँदा अवसर र चुनौतीका दुवै खाले विपरीत ध्रुवले कुस्ती खेल्दै छ । चुलोचौको र घाँसदाउरा अनि मेलापातमा जीवनको सर्वस्व देख्ने नारीहरूले पनि समाजमा बसेर देशोन्नतिको बारेमा चासो राख्न थाले । हँसिया समातेर घाँसदाउरा, स्याउलालाई भेला पार्ने गाउँले नारीले अलिकति देशतिर पनि आँखा लम्काउन थालिन् । राज्यले अवसर दियो, समाजले हौसला दियो अनि नारीले आँट जन्माए । वर्तमानका नेतृत्वले भावी नारीमा शिक्षा र जोश बढाइदिए ।

सामाजिक सञ्जालमा गुन्जिएका हरेक आवाजले देशको राम्रै व्याख्या गरे– देश नयाँ परिणाम र दिगो शान्तिको विगुल घन्काउन दौडिँदै छ । विश्व इतिहासतिर ढल्कँदा नारीवादी सोचले विकासको ढोका ढक्ढक्याएको इतिहास लामो पनि त छैन । बीसौँ शताब्दीको उपज बनेको विशुद्ध नारीवाद र समाजवादी नारीवादको दुई धारले नारीवादी समसत्तामा पितृत्तात्मक सोच तथा सहकार्य खोज्यो । लैङ्गिक आधारबाट खोसिएका, दमन गरिएका, कुण्ठित भाव, व्यवहार तथा अधिकारका बारेमा वैचारिक सङ्घर्षका रुपमा नारीवादी सोचले विकसित रूपधारण गरेको बुझ्न सकिन्छ ।

नारीहरू अक्षम हुन्छन्, पुरुषको तुलनामा कार्यसम्पादन गर्न सक्दैनन् अर्थात् नारीमा नेतृत्व क्षमता कमजोर हुन्छ भन्ने सोचसँग जन्म्यो –नारीवादी हक र अधिकारको आवाज । अपूर्ण शारीरिक बनोटको सोचमा अड्केको भावका विरुद्धमा उर्लिएको आवाज रहेछ नारी सहभागिता । त्यसो त नारीलाई केवल पुरुषले दमन गरेको होइन रहेछ । सासूले बुहारीलाई दमन गरिन्, जेठानीले देउरानीलाई दमन गरिन्, घरेलु हिंसाको सिकार बन्नुप¥यो । आखिर नारीवादी सोचमा संस्कारले प्रहार ग¥यो । त्यहाँ सामाजिक व्यवस्थाले सिकायो, दुनियाले अन्धाधुन्ध अपनायो । ईष्र्या र घृणा सिक्यो तर प्रेम र मानवीय सोचलाई चिन्न र बुझ्न सकेन ।

द्रौपदीको शक्तिका कारण महाभारतमा पाण्डवको विजय भएको प्रसङ्ग वा महिसासुरलाई महाकालीले मात्र वध गर्न सकेको विषय, आखिर नारीको उच्चस्तरीय सम्मान नभएको भने होइन । तथापि नारीलाई भोग्या, कामनापूर्तिको साधन, रखौटी बनाइएका अत्यन्तै भयावह विषय पनि पूर्वीय दर्शनका कथाहरूमा जोडिएका छन् । यसरी हेर्दा त्यहाँ गरिब, अक्षम, पिछडा नारीमाथि धनीवर्गले प्रताडना दियो । बाध्यताका कारण निरीह नारीले मुक्तिको आवाज बोल्न सकेनन् ।

परिवर्तनको दौडाहामा नारी जागरण, नारी सबलीकरणको सुसमाचारले देशमा परिवर्तनको आभास हुँदै छ । त्यसो त यसअघि पनि नारी हक र अधिकारका कुरा, अवसरका आधारबाट अघि दौडाउने व्यवस्था नभएका पनि होइनन् । तथापि उत्तरआधुनिक समाजको परिकल्पनासँगै नियाल्दा विगतको तुलनामा पिछडा, दमित, अल्पसङ्ख्यक, प्रताडित वर्गका नारीले समेत कमसेकम देश र परिवर्तनमा टाउको उठाएको भान यो स्थानीय चुनावले गराएको बुझ्न पाइन्छ ।

अब एउटा आशा सचेतनाको वृद्धिसँग जोडियो, अर्को निरीहलाई बोक्सीको आरोप लाग्ने, यौनशोषणको सिकार बन्नुपर्ने, बहुविवाहजस्ता कुसंस्कारले नारी सक्रियतासँगै सुध्रने दर्बिलो मार्ग भेट्टाएको भान हुँदै छ । सामाजिक भूमिकामा जुटेका नारीले न्याय खोज्न भन्दा न्यायिक बाटो बनाउँदै अघि बढ्नु उत्तिकै आवश्यकता हो । समभावमा सहकार्य गर्ने नारी सहभागिताको महत्वलाई बुझ्न नसक्दा नारीवादी सक्रियता भन्नेबित्तिकै पुरुषको विरोध हो भन्ने भ्रम यदाकदा नभएको पनि होइन । वास्तवमा नारीले चुलोचौकोको दुनियाँबाट उक्सनु भनेको घरको सुव्यवस्था भत्काउनुभन्दा पनि नारी हकलाई सुनिश्चित पार्दै परिवार, समाज र सिङ्गो राष्ट्रका लागि सुधारको बिगुल फुक्नु हो, विकासको ढोका खोल्नु हो अनि समाजलाई परिवर्तनमा उदाहरण बनेर देखाउनु हो । आज जति भ्रष्टाचार र अन्यायपूर्ण कर्म भएका छन्, तुलनात्मकरूपमा पुरुषकै लोभानी–पापानी भावमा भएका छन् ।

अलिकति हाम्रै देशको सांस्कृतिक इतिहासतिर हेर्दा केही अपव्याख्या र पछिल्लो समयका दमनकारी भावबाहेक हिन्दू दर्शनको सारमा हेर्दा ब्रह्मा, विष्णु र महेश्वरले आपत्को अन्तिम विकल्पको रूपमा भगवती दुर्गाशक्ति जसलाई सर्वशक्तिको स्वरूपमा पुकारा गर्छन् अर्थात् संसारमा नारीको सम्मान उच्च रहेको तथ्य हिन्दू दर्शनमा भेटिन्छन् । गाईलाई पुजिन्छ तर गोरुलाई जोतिन्छ, बोकोलाई बलि दिइन्छ तर बाख्रीलाई पालिन्छ । कुमारीको पूजा गरिन्छ तर कुमारको नाम त्यहाँ अटाउँदैन । नारी शक्तिलाई सर्वशक्तिमान् मानेर त्रिदेव, इन्द्रादि देव, ऋषिगणले प्रार्थना गरेका हुन्छन् । हिजो पनि गार्गी, विद्योत्तमाजस्ता विदूषी नारीहरूले शास्त्रार्थ गर्थे । नारीशक्ति नै जटिल क्षणमा निर्णायक बनेर उभिए । बुद्ध दर्शनमा अहिंसा नै धर्म हो भन्ने भाव छ । मुन्धुममा पनि नारी र पुरुषको समभाव र समकर्मशीलता छ ।

द्रौपदीको शक्तिका कारण महाभारतमा पाण्डवको विजय भएको प्रसङ्ग वा महिसासुरलाई महाकालीले मात्र वध गर्न सकेको विषय, आखिर नारीको उच्चस्तरीय सम्मान नभएको भने होइन । तथापि नारीलाई भोग्या, कामनापूर्तिको साधन, रखौटी बनाइएका अत्यन्तै भयावह विषय पनि पूर्वीय दर्शनका कथाहरूमा जोडिएका छन् । यसरी हेर्दा त्यहाँ गरिब, अक्षम, पिछडा नारीमाथि धनीवर्गले प्रताडना दियो । बाध्यताका कारण निरीह नारीले मुक्तिको आवाज बोल्न सकेनन् । त्यहाँ शक्ति र सामथ्र्यबाट नारी शोषण भयो । त्यसो त सिङ्गो गरिब वर्गमाथि राजामहाराजाले अत्यन्तै दयनीय प्रहार गरे । यही तुस बोकेर हिँड्दा नारीलाई शारीरिक आकर्षण र घरभित्र सजाइने सुँगा बनाइएका तीता पीडा बने । अन्धविश्वासमा अनावश्यक अमानवीय प्रताडनाको सिकार बनाइए । विभिन्न खाले प्रथाबाट नारीमाथि प्रहार हिजोभन्दा आज धेरै हदमा कम भए पनि अद्यापि कता न कता छँदै छन् ।

गहिरिएर हेर्दा नारीलाई शारीरिक, अनुभूतिगत, भाषागत, मनोविश्लेषणगत, सामाजिक–आर्थिक आदि आधारबाट भिन्नता प्रकट गरिएकाले नारीवाद आन्दोलनको रूपमा पाश्चात्य संस्कृतिबाट विकसित वाद हो । नारीवादी सोच केही रुपमा माक्र्सवादी विचारतिर ढल्केको पाइन्छ । समाज विकासका क्रममा माक्र्सले पुरुषले बल पर्ने कामहरू आपूmले गर्दै गएर महिलालाई कमजोर पार्दै गएको तथ्य अघि सारेको पाइन्छ । शक्तिको कुरासम्म पुगेर हेर्दा दार्शनिक फुकोल्डको शक्ति सिद्धान्तसँग ठोकिन पुग्छ । साथमा वर्तमान युगीन परिवेशमा विकसित बनिरहेको उत्तरआधुनिक युगसम्म आएर जोडिन्छ । यही नारीवादी चिन्तनसम्म आउँदा हाम्रो समाजमा पनि विभेदको ठूलो रूपले अद्यापि जरा गाडेकै छ ।

असारमा रोपाहारलाई दिने ज्याला र हली, बाउसेलाई दिने ज्याला फरक हुनु, खानपानमा विभेद गरिनु, बाहिरी काम मात्रै ठूलो ठानेर घरायशी कामलाई नहेरिनुजस्ता अनेकौँ असमानता आजसम्म उत्तिकै छन् । अद्यापि होला नहोला, हिजोको समाजमा छोरा–बुहारीको खाना नै फरक गरिन्थे, छोरो जन्माए स्याहार राम्रो गर्ने, छोरी जन्मिएमा हेपिन्थे, बुहार्तनको प्रताडना, बोल्ने अनुमति नपाइने कडा शासनमा भिज्नै पर्ने विवशता थियो । नारी बिलौनामा माइती जान पाउँदाको खुशी अनि माइती छोड्नुपर्दाको पीडा कति हृदयविदारक हुन्थे । त्यहाँ अमानवीय मनोवैज्ञानिक दमन नै थियो । छोरी र बुहारीमा आकाश–पातालको फरक व्यवहार गरिन्थ्यो । हाम्रो समाजलाई राम्ररी नियाल्ने हो भने करिब दुई दशकयता अर्थात् राज्यमा भएका क्रान्तिकारी कदमले समाज सुधारमा टेवा पु¥याएको हो भन्न सकिन्छ । यसरी गहिराइसम्म पुगेर हेर्दा देशले परिवर्तनको धारमा नेपालको उपल्ला स्थानमा महिला नेतृत्वलाई स्वागत गरिरहेको खुशी जोडिन्छ ।

केही समय पहिलाको तथ्याङ्कलाई मात्र हेर्दा युरोपजस्ता विकसित भनिएको मुलुकमा समेत ५ लाख ७० हजार यौनशोषणका मुद्दा परेको खबरले पनि महिलामाथिको कहाली लाग्दो अत्याचारलाई बोध गराउँछ । हुन त हाम्रो मुलुकले इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख पाएको छ, पहिलो महिला सभामुख पाएको छ, पहिलो महिला प्रधानन्यायाधीश पायो, अन्य क्षेत्रमा समेत नेतृत्व पाएका हुँदा हुन् तर समाजले अभैm पनि बदल्नुपर्ने थुप्रै परम्पराका नाममा अडेका विकृति छन्, शोषण छन्, अन्धविश्वासका पोकाहरू छन् । यसो भनिरहँदा सबै नारी दोषरहित छन् अनि पुरुष नारीबाट दमित छैनन् भन्ने पनि होइन । यसर्थ अबका महिला नेतृत्वले ग्रामीण स्तरदेखि नै नारी र पुरुषको ध्रुवीयतालाई हटाएर लैङ्गिक समतामा हात थाम्नुपर्छ । पारिजातले उद्घोष गरेको मानुषी कवितामा भैmँ एकताबद्ध भएर जुट्नुपर्छ ।

नारीको सत्तामा पुरुषको विरोध होइन नारी जागरण, सहभागितामूलक भाव, समतामूलक सोच, विभेदरहित निष्पक्ष र स्वतन्त्र शासन र अधिकारको मार्गचित्रमा अबका नारीले हिँड्नुपर्छ । सकारात्मक पारिवारिक जीवनलाई बेवास्ता गर्नु नारीवादी सोच हो भन्न सकिन्न । न त श्रीमान् र घरको विरोध गर्ने भावना नारीवाद हुन सक्छ । नारीवादले त भएको राम्रो भत्काएर नभएको खोज्नेभन्दा राम्रो अँगालेर नराम्रोको विरुद्धमा एकताले लड्नुमा बुद्धिमानी ठहर्ला । हो, परिवर्तन एकैपटक हुने जादुको छडी होइन तर अन्धविश्वास, रुढिवादी सोचमा संयमता तथा चेतनासँग प्रेमभावकै विजय हुनेमा भने बढी आशा गर्न सकिन्छ ।

अतः अबका नारीवादी सोचमा नवीन चेतनाको भाव जाग्नु पनि उत्तिकै आवश्यक छ । कसैको विरोध गर्नु नै प्राप्तिको बाटो पनि त होइन । तब, साँचो परिवर्तनको आशालाई सजाउन सकिएला ।

 

 

 

प्रतिक्रिया दिनुहोस्