मुद्दा दायर



काठमाडौँ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आदिवासी जनजाति विकास कार्यक्रमको रकम अनियमितता गरेको अभियोगमा भोजपुर जिल्ला साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन गाविस सचिव राजेन्द्र विश्वकर्मा, आदिवासी जनजाति विकास कार्यक्रम उपभोक्ता समिति, दुम्मानाका सचिव बमबहादुर श्रेष्ठ र अध्यक्ष सुन्दरकुमार मगरविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन गाविस सचिव विश्वकर्माले रु ८६ हजार ८७५, उपभोक्ता समितिका सचिव श्रेष्ठले रु ६ लाख ५४ हजार ४१७ र उपभोक्ता समितिका अध्यक्ष मगरले रु ६ लाख ५४ हजार ४१७ रकम भ्रष्टाचार गरेको आयोगले दावी गरेको छ ।

उहाँहरु विरुद्ध विनियोजित रकममध्ये न्यून रकम मात्र खर्च गरी बाँकी रकमको नक्कली बिल भरपाई बनाइ रकम हिनामिना गरेको आरोप लागेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्