त्रिविको प्रवक्तामा बज्राचार्य र सहप्रवक्तामा त्रिताल



काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयले प्रवक्ता र सहप्रवक्ता नियुक्त गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को हालै बसेको बैठकले प्रवक्तामा त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भावना बज्राचार्यलाई र सहप्रवक्तामा शाखा अधिकृत नोदनाथ त्रिताललाई नियुक्त गरेको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो ।

त्रिविमा भए गरेका निर्णय, आधिकारिक गतिविधि र सकारात्मक सन्देश प्रवाह गर्नका लागि प्रवक्ता र सहप्रवक्ता नियुक्त गरिएको उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्