दुई सय तीन केजी गाँजासहित ६ जना पक्राउ



नेपाल समाचारपत्र, हेटौंडा ।
दुई सय तीन केजी गाँजासहित मकवानपुरमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुरका पदम हमाल, सिरहाका सुरेशकुमार महतो, सिरहाकै छेदी दास, मकवानपुरका कृष्णबहादुर मोक्तान रहेका छन् ।

उनीहरुलाई मनहरी गाउँपालिका ९ खरङ्गाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ८८ केजी ७२० ग्राम गाँजा बरामद भएको थियो ।

बीआर एकपी २३४५ नम्बरको भारतीय बोलेरोमा लुकाएर लैजान लागेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले बिहीबार ११५ केजी गाँजासहित सिन्धुलीका दिनेश मगर, ज्ञानबहादुर बुढासैलीलाई हेटौंडा उपमहानगरपालिका ११ सरस्वतीचोकबाट पक्राउ गरेको छ ।

ना३च ४७६२ नम्बरको बोलेरोमा गाँजा लुकाएर लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्