बाढी पहिरो पिडीतलाई लायन्स क्लबको सहयोग



नेपाल समाचारपत्र, पर्वत
बाढी र पहिरोका कारण नराम्रो संग प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकाका पिडीतहरुलाई लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ बि अन्र्तगतका लायन्स क्बलहरुले आर्थिक र खाद्यान्न सामाग्री सहयोग गरेका छन ।

लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ बि अन्र्तगका सदस्यहरुबाट नगद २ लाख २४ हजार, कुस्मास्थित लायन्स क्लबारुबाट २५ हजार गरि नगद २ लाख ५० हजार पिडीतहरुको सामुहिक आवास निर्माणका लागि सहयोग गरिएको छ भने लायन्स क्लब अफ पोखरा अन्नपुर्णले १ लाख रुपैँया भन्दा बढीको खाद्यान्न सामाग्री र त्रिपाल बितरण गरेको छ ।

बाढी पहिरो पिडीतहरुका लागि सकंलन गरिएको नगद र खाद्यान्न सामाग्री जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई हस्तान्तरण गरिएको छ । अध्यक्ष मल्ललाई लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ बि का चिफ डिस्ट्रीक्ट एड्भाइजर काशीकुमार जोशी, डिस्ट्रीक्ट डिसेबल एड डिर्पाटमेन्ट चिफ सोनाम स्याङपो, सिनियर डिस्ट्रीक्ट एड्भाइजर दिनबन्धु पौडेल लगायतले संयुक्त रुपमा हस्तान्तरा गरेका थिए ।

गएको साउन १ गते राती जलजला गाउँ पालिका वडा नं ७ र ८ मा गएको बाढी पहिरोमा परि १ जनाको ज्यान गएको छ भने १४ घर पुर्णरुपमा बिस्थापित बनेका छन । लस्दीखोलामा भएको कटान र अन्य क्षेत्रमा गएको पहिरोका कारण धेरै घर परिवार जोखिममा छन । बाढी पहिरोमा परेर घरबार बिहीन भएकाहरु आफन्त र स्थानिय निजी बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन । पहिरो गएको जलजला –८ बेरनेटामा घर बनाउने जमिन समेत नभएका कारण पिडीत सुकुम्बासी दलितहरुका लागि सुरक्षित स्थान खोजेर सामुहकि आवास बनाउने आवश्यकता देखिएको छ ।

लायन्स क्बल अफ शिबालय कुस्माकी अध्यक्ष मानकुमारी गिरीको अध्यक्षतामा भएको राहत हस्तान्तरण कार्यक्रममा सिनीयर डिस्ट्रीक्ट एड्भाईजर लेखनाथ उपाध्याय, इमर्जेन्सी एक्सन कमिटी सहसंयोजक बालकृष्ण बराल र ऋषि गिरी, जोनचेर्यर पर्सन टंकराज अधिकारी र सन्तोष घिमिरे र लायन्स क्लब अफ कुस्मा सिटीकी अध्यक्ष सरस्वती शर्मा जिज्ञासु लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्