पाकिस्तान: नेताहरुलाई निम्ता नगर्ने



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको संसदिय चुनावमा सबैभन्दा ठुलो पार्टी बनेको पीटीआईका प्रवक्ताले प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा छिमेकी नेताहरुलाई निम्ता दिने समाचार गलत भएको जानकारी दिएका छन् ।

पाकिस्तान तहरिक–ए–इन्साफले प्रधानमन्त्री पदका लािग आफनो प्रमुख इमरान खानको सपथ ग्रहण समारोहमा दक्षिण एसियाली नेताहरुलाई आमन्त्रित गर्ने योजनामा विचार गरिरहेको सन्चार माध्यमहरुले जनाएको थियो । पार्टीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनका नेताहरुलाई उक्त समारोहमा आमन्त्रित गर्नसक्ने पार्टीका एक अधिकारीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्