अफगानिस्तान: आईएस लडाकु आत्मसमर्पन



काबुल (एजेन्सी)
अफगानिस्तानको उत्तरी जोजजान पान्तमा भएको तालिबान हमलापछि इस्लामिक स्टेटका १ सय ५० भन्दा धेरै लडाकुले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेका छन् । प्रान्तिय प्रहरी प्रमुख जनरल फकिर मोहम्मद जोजजानीले आईएस कमान्डर हबीब उल रहमानसहित १ सय ५२ लडाकुले आत्मसमर्पन गरेको जानकारी दिए ।

तालिबानले हालैका हप्तामा दुई जिलामा आफ्नो आक्रमण तिब्र पारेपछि उनीहरुले आत्मसमर्पण गरेको प्रान्तिय परिषदका प्रमुख अब्दुल हइ हयातले बताए । तालिबान र आइएस पश्चिम समर्थक सरकारलाई च्युत गर्न र कडा इस्लामिक कानुन लागु गर्न ससस्त्र संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्