जिम्वावे: सत्तारुढलाई सफलता



हरारे,(एजेन्सी)
जिम्वावेको सत्तारुढ जानु – पिएफ पार्टीले बुधवार संसदिय चुनावमा अधिकांश सिट जितेको छ । तर चुनावको औपचारिक परिणाम घोषणा भने गरिनु बाँकी नै छ । सोमवार सम्पन्न सो चुनावको बहुमत सिट राष्ट्रपति इम्मर्सन नान्गाग्वाको पार्टीले जितेको बताइएको छ ।

लामो समय देखि जिम्वावेको सत्तामा रहेका राष्ट्रपति रोवर्ट मुगावेलाई गत नोभेम्वरमा अपदस्थ गरिएयता त्यहाँ भएको यो पहिलो आम निर्वाचन हो । तर राष्ट्रपतिय निर्वाचनको परिणाम अझै थाहा हुन सकेको छैन । यसअघि विपक्षी गठबन्धन एमडिसिले आफ्नो उम्मेदवार नेल्सन चामिसाले चुनाव जितेको बताएके थियो ।

प्रतिक्रिया दिनुहोस्